दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

९ किलो चरेशसहित धनगढीबाट तीन जना पक्राउ

धनगढी । दाङ र रोल्पाका तीन जना कैलालीमा ९ किलो चरेशसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई चरेश सहित पक्राउ गरिएको हो ।

उनीहरूलाई धनगढी–१४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरिक्षक खगेन्द्र साउदले बताउनुभयाे । 

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँज गर्दा उनीहरुको साथमा ९ किलो चरेस फेला परेको साउदले बताउनुभयाे । सो ठाउँमा प्रहरी पुगिसकेको र आवश्यप प्रक्रिया पुरागरी चरेश सति तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयाे । 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ४९ बजे