पूर्व स्वास्थ्य मन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन

काठमाडौँ । पूर्व स्वास्थ्य मन्त्री प्रा.डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि दम  र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको उहाँका छोरा डा जया श्रेष्ठले जानकारी दिनुभयो । 

वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो । 

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँका छ छोरा र एक छोरी हुनुहुन्छ । 

उहाँको मङ्गलवार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ४८ बजे