प्रवासी नेपाली आन्दोलन नयाँ भूमिकातर्फ उन्मुख रहन आवश्यक : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमाले महासचिवशंकर पोखरेलले नेपाली कम्युनिष्ट आन्दोलन निर्माणकालको जागरण अभियानदेखि नै संलग्न प्रवासी नेपाली आन्दोलनले नयाँ भूमिकातर्फ उन्मुख रहन आवश्यका रहेको बताउनुभएको छ  । 

प्रवासी नेपाली संघ भारतद्वारा आयोजित आठौँ अखिल भारत प्रवासी नेपाली सम्मेलनको उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले एकातिर नेपालको राजनीतिमाथि किचलो सिर्जना गरेर दक्षिण एशियन अर्थ समृद्धिको राजनीतिमा पश्चिमाहरुको अवरोध हुँदै गएको उल्लेख गर्नुहुँदै नेपालमा राजनीतिक अस्थिरता र अस्थायित्व सिर्जना चाहने शक्तिविरुद्ध भारतस्थित प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । 

शहरको लोकशाहिर अण्णाभाउ साठे अडिटोरियमको सभाकक्षमा सम्पन्न सम्मेलनको उद्घाटन समारोहलाई नेकपा (एमाले)का महासचिव पोखरेलसहित नेकपा (माओवादी केन्द्र)सम्बद्ध प्रवासी संगठन, विभिन्न सामाजिक–सांस्कृतिक र वित्तीय संस्थाका प्रतिनिधि र भारतीय बामपन्थी बुद्धिजीवी नेतृत्वले सम्बोधन गर्नुभएको थियो । 

भारतस्थित प्रवासी नेपाली समुदायमाझ क्रियाशील संघसंस्थाको प्रतिनिधित्वसहित नेकपा (एमाले)को नेतृत्व सहभागी सम्मिलित सम्मेलनमा भारतभरिका २१ वटा राज्य तथा संयुक्त राज्यका हजारौँ प्रतिनिधि, कलाकार र स्वयंसेवकको उपस्थिति रहेको थियो । 

समारोहमा मित्रप्रसाद घिमिरे, कोमल सुवेदी र लक्ष्मण रायमाझी सहितको नेतृत्वको जिज्ञासामा आधारित रहँदै महासविच पोखरेल आफ्ना रायसुझावसहित सम्मेलन सफलताको शुभकामना राख्नुभएको थियो । 

आजदेखि सम्मेलनको नीति, विधि, कार्यक्रममाथि चर्चा हुने र यसलाई नेतृत्व दिन सक्ने नवीन नेतृत्वबारे चर्चा हुने सम्मेलन आयोजक कमिटी सदस्य छविलाल भट्टराईले जनाउनुभयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : २८ बजे