नयाँ दिल्ली । भारतीय क्रिकेटर विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाएर रेकर्ड कायम गर्न सफल भएका छन् ।
अस्ट्रेलियाविरुद्ध दिल्लीको फिरोजशाह कोटला रंगशालामा भएको दोस्रो टेस्टको तेस्रो दिन बिराटले यो उपलब्धि हासिल गरेका हुन् ।
आइतबार भएको खेलवाट बिराटले आफ्नो करियरको ५४९ औँ अन्तर्राष्ट्रिय खेलमा यो उपलब्धि हासिल गर्न सफल भए पछि फ्यानहरुले ताली बजाएर हर्षोल्लास गरेका थिए ।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार ४३७ रन बनाउएका भारत कै सचिन तेन्दुलकरले ५७७ खेलमा यो उपलब्धि हासिल गरेका थिए । बिराटले सचिनको भन्दा २८ खेल अगाडी नै यो किर्तिमान कायम गरेका हुन् ।
यो सूचीमा अष्ट्रेलियाका रिकी पोन्टिङ तेस्रो नम्बरमा छन् भने उनले ५८८ खेलमा यो २५ हजार रन पुरा गरेका थिए ।
प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ८ : २६ बजे
प्रतिक्रिया