नेकपा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक 

काठमाडौँ ।  सहमतीय राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ः०० बजेपछि पार्टी मुख्यालय पेरिस डाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

उहाँकाअनुसार आजको बैठकमा फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : १७ बजे