काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक २९ वर्षीय HIDIL CAYAN SARICAKMAR लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार ५ : ५५ बजे
प्रतिक्रिया