कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त हुनुभएकाे छ। बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिनुभएकाे थियाे जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा पर्नुभएकाे थियाे । 

सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तर्वार्ता भएको थियो । उक्तअन्तर्वार्ताबाट गुरुङ छानिनुभएकाे हाे । 

गुरुङले ४ वर्षको कार्यकालसम्म यस बैंकको सिईओ पदमा बसेर काम गर्नुहुनेछ । शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा गुरुङ छानिनुभएकाे हाे । 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ०९ बजे