आजको मौसम : गण्डकी र प्रदेश १ मा उच्च उच्च पहाडी भू–भागमा हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने  प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ ।

तराईका एक दुई स्थानमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमान शाखामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ०२ बजे