प्रजातन्त्र दिवस धूमधामसँग मनाइँदै

काठमाडौँ । जहानियाँ राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाईदैछ ।

नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिनुभएको थियो । आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ ।

सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समेत गर्दै आएको छ । 

गत २४ माघमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रजातन्त्र मूल समारोह समिति गठन गरेको थियो । जसले ७ फागुनको प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने  निर्णय गरेको थियो  ।

काठमाडौँको टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ भने विदेशी नियोगहरूमा पनि राष्ट्रिय झन्डा फहराइने गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : २२ बजे