‘एउटै नाउरको सिकार गर्न २३ लाख’

इन्द्रावती गाउँपालिका : सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पालिका

सिन्धुपाल्चाेक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार सिन्धुपाल्चोकका १२ स्थानिय तहमध्ये इन्द्रावती गाउँपालीका जिल्लाकै उत्कृष्ट गाउँपालिका बनेको छ । १०० पुर्णाङ्कमा गरिएको मुल्यांकनमा इन्द्रावती गाउँपालिका ६६.६५ अंकसहित जिल्लाको पहिलो बनेको हो ।

आयोगको प्रतिवेदन अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले ६२.७५ अंक, जुगल गाउँपालिकाले ४७.०३ अंक, पाँचपाखरी थाङपाल गाउँपालिकाले ६१.२५ अंक, हेलम्बु गाउँपालिकाले ५२.३ अंक, मेलम्ची नगरपालिकाले ६३.१६ अंक, चौतारा सांगाचोकगढी नगरपालिका ६३.५३ अंक, बलेफी गाउँपालिकाले ४०.८८ अंक, बाह्रबिसे नगरपालिकाले ५२.०५ अंक, त्रिपुरासुन्दरी गाँउपालिकाले ५२.९ अंक, लिसंखुपाखर गाउँपालिका ५७.२४ अंक र सुनकोशी गाउँपालिका ६०.९ अंक प्राप्त गरेका छन् ।

विभिन्न १७ वटा सुचकमा गरिएको स्वमुल्याङ्कनबाट प्राप्त अंकलाइ आयोगले प्रतिवेदन बनाएको हो । प्रतिवेदन उपच चित्त नबुझेमा स्थानिय तहले ७ दिनभित्र आयोगमा प्रमाण सहित पुनरावलोकनका लागि आवेदन दिन पाउनेछन् । यही अंककै आधारमा स्थानिय तहले शसर्त अनुदान पाउनेछन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  २ : १० बजे