धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

काठमाडौँ । वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । 

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिना भित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताउनुभयो । 

विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । “तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष ९आइसियु०, शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्ने छौँ”, उहाँले भन्नुभयो, “अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।”

अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले शुक्रवार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो । यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाउनुभएको थियो । 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १० : ०२ बजे