चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आव्हान

काठमाडौँ  । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रबि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएसँगै रिक्त रहेको चितवन–२ मा १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका दल दर्ता गर्न आज आव्हान गरेको हो । 

आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।

“नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन २९७३ को दफा ४ बमोजिम संवत् २०७९ फागुन १० गते देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौँस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सूचित गरिन्छ”, आयोगद्वारा जारी सूचनामा भनिएको छ। 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : ५८ बजे