महाशिवरात्रिमा यस्तो छ ट्राफिक व्यवस्थापन

काठमाडौँ  । महाशिवरात्रिमा २० लाखभन्दा बढीले दर्शन गर्ने अनुमानका आधारमा पशुपति क्षेत्र विकास कोषले आज हुने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै सर्वसाधारणका लागि नयाँ ट्राफिक व्यवस्थापन गरेको छ । 

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातो पुल, सेतो पुल, कालो पुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको छ ।

नेपाल ट्राफिकका अनुसार मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ । पशुपति विकास कोषको सहकार्यमा ट्राफिकले बनाएको नयाँ रुटहरू यस्ता छन् । 

बसहरू:   
​​​​​​​१. रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँबानेश्वर,  तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने।
२. रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायण गोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोही मार्ग हुँदै जमलसम्म तत्पश्चात् महेन्द्र शालिक तीन धारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने।
३.कालो पुल हुँदै कपन चल्ने सवारी साधनहरू खानी विभाग, लाजिम्पाट हुँदै महाराजगन्जको बाटो चलाउने।

माइक्रो बस तथा टेम्पोः 
१. सुनधाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रो बस तथा ट्याम्पोहरू महेन्द्र सालिक, कृष्ण पाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने।
२.जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रो बस तथा ट्याम्पोहरू चाबहिल, नारायण गोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने।

मालवाहक सवारी साधनहरू:
१.जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगन्जतर्फ जाने मालवाहक सवारी साधनहरू चुच्चेपाटी, भृकुटी चोक, गोपीकृष्ण हल हुँदै सुकेधारा, महाराजगन्जतर्फ चलाउने ।
२. कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलङ्की, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने।
३. कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नुपर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्ने ।
४. महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने।
५. कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ८ : २४ बजे