काठमाडौं । सरकारले पृथ्वी जयन्तीसँगै जनयुद्ध दिवसको सार्वजनिक बिदा सरकारको क्यालेण्डरमा नै समावेश गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारी प्रवक्ता एवं सूचना संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक विदालाई आगामी वर्षको क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको जानकारी दिनुभयाे ।
उहाँका अनुसार २०८० सालको सार्वजनिक बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि थप्ने सरकारले निर्णय गरेको जानकारी दिनुभयाे ।
प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ३ : ४० बजे
प्रतिक्रिया