आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको थियो । 

आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो।    

यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १२ : २१ बजे