दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बालाजु बसपार्कको मोबाइल पसल लुट्ने थप सात जना पक्राउ

काठमाडौँ । नयाँ बसपार्कस्थित ल्होत्सेको मोबाइल पसलमा  तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डङ्गोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी  छन् ।

जिल्ला प्रहरी परिसर, टेकुका अनुसार पक्राउ परेकाहरूबाट मोबाइल, एयर फोन, यूएसबी केबललगायतका सामाग्री बरामद गरिएको छ ।

सिसिटिभीको विश्लेषण गरेर उनीहरूलाई पक्राउ गरिएको हो  । चोरी तथा डाँका कसुरमा मुद्दा चलाइएको उनीहरूलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिइसकिएको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ४९ बजे