आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अनेरास्ववियुको १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सयभन्दा बढीको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सयभन्दा बढीले उम्मेदवारी दिएका छन् ।

१ जना  अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्षका पदमामा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल , उपाध्यक्ष मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जनले उम्मेदवारी दिनुभएको छ । । उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष झपिन्द्र खत्री, निवर्तमान कोषाध्यक्ष जेनिश लामा, निवर्तमान उपमहासचिवहरू नारायण घर्ती, गोविन्द गिरी, सचिव धर्म गिरीसहित १६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । 

त्यसैगरी, महासचिवका लागि पनि पाँचै जना उम्मेदवार दिनुभएको छ । महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिनुभएको छ ।

सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै,  कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र सङ्गम अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ  । 

यी हुन् अनेरास्ववियुका उम्मेदवार

​​​​​​​

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १० : १२ बजे