आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नवनियुक्त तीन कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ 

काठमाडौँ । नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार शपथ ग्रहण गर्नु हुनेहरूमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छाली रहनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले उहाँहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो  । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ९ : २५ बजे