कति छ आज हरियो तरकारी र फलफूलको मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार आज कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अङ्गुर १२० रुपैयाँ, अदुवा ८०, नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १५० रुपैयाँ, किवी ४०० रुपैयाँ, अकबरे खुर्सानी २८० रुपैयाँ कायम रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार लोकल जाँगरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २८० रुपैयाँ, टनेल गोलभेँडा १५ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ,  घिरौँला ९० रुपैयाँ, चमसूरको साग ८० रुपैयाँ ६७, कन्य च्याउ  १४० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, तोरीको साग २५ रुपैयाँ,  परवर तराई  १८० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ७० र हरियो धनियाँ ३० रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ८ : ४८ बजे