आन्तरिक हवाई उडानमा अत्यधिक चाप

आजको मौसम : सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश नं १ को  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले  मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ। 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : ३१ बजे