आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि ८ बजेबाट मतदान हुँदै

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ । 

अध्यक्षका पदमामा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल , उपाध्यक्ष मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जनले उम्मेदवारी दिनुभएको छ ।

अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार आज बिहान ८ः०० बजेबाट मतदान हुनेछ । ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’अध्यक्ष मण्डलका सदस्य भट्टराईले भन्नुभयो । 

सुनिता बराल नेतृत्वको पूर्व कमिटी भङ्ग गरेर एमाले नेता भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरेको थियो, जसले बन्द सत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ । 

अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चार जना र सचिव १० जना चयन हुनेछन् । जारी  महाधिवेशनले १५–१५ सदस्यीय तीन वटा आयोग पनि गठन गर्नेछ । 

मङ्गलवारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु भएको हो महाधिवेशन आजसम्म चल्नेछ । 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : २० बजे