गोंगबुमा लुटपाट र प्रहरीको गाडी आगजनीमा संलग्न ६ जना पक्राउ

काठमाडौं – काठमाडौंको बालाजुस्थित माछापोखरीमा सोमबार भएको तोडफोडमा संलग्न रहेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी माछापोखरीमा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्याण्डमा तोडफोडका साथै आजगनी गर्ने कार्यमा संग्लन ६ जनालाई प्रहरी गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा उदयपुर घर भई हाल तारकेश्वर बस्ने विक्रम राई, नुवाकोट घर भई बानियाटार बस्ने रामहरि भण्डारी, लमजुङ घर भई तारकेश्वर बस्ने विवेक श्रेष्ठ, काभ्रेपलाञ्चोक घर भई बालाजु बस्ने राजेश तामाङ, प्युठान घर भई गेंगबु बस्ने दीपेन्द्र पुन मगर र काभ्रेपलाञ्चोक घर भई गंगाहल बस्ने आशिष खड्का रहेका छन् ।

पक्राउ परेका छ जना उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्त नहुने कसूर सम्बन्त्री मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साथै घटनामा संलग्न संदिग्ध नौ/१० जना अन्य व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको पनि प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : ०४ बजे