यस्तो छ आजको विनिमय दर

नामिबियामाथि स्कटल्यान्डकाे उत्कृष्ट सुरुवात

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियामाथि स्कटल्यान्डले उत्कृष्ट सुरुवात गरेको छ । 

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १३ ओभरमा ४ विकेट गुमाउँदै ३७ रन बनाएको छ ।

नामिबिया पहिलो खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो ।

स्कटल्यान्ड:

रिची बेरिंगटन (कप्तान), काइल कोट्जर, म्याट क्रस (उप-कप्तान), क्रिस ग्रेभ्ब्स, माइकल लिस्क, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकुलम, जर्ज मुन्शे, शफ्यान शरिफ, हम्जा ताहिर, मार्क वाट् ।

नामिबिया:

जेरार्ड इरास्मस (कप्तान), लोहान लरेन्स, टांगेनी लुमामेनी, जेन ग्रिन, माइकल भान लिगेन, बेनार्ड शोल्ट्स, हेलाओ या फ्रान्स, बेन सिकांगो, कार्ल विक्रेनस्टोक, निकोल लोफ्टी इआटोन र रुबेन ट्रम्पलम्यान ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १२ : १७ बजे