दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पाँच लाख नक्कली नोटसहित तीन जना पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरूलाई पक्राउ गरेको हो । 

बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट पाँच सय ६९ थान बरामद गरेको छ । 

रानाका साथबाट चार सय १८ थान नक्कली नेपाली एक हजारको नोट र कुमाईंको साथबाट एक सय ५१ थान नक्कली नेपाली एक हजारको नक्कली नोट  बरामद गरिएको छ । 

नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीन जनालाई मङ्गलवार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । रासस  

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ३५ बजे