‘एउटै नाउरको सिकार गर्न २३ लाख’

वीरगञ्ज महानगरपालिकाले अतिक्रमित संरचना हटाउने 

पोखरीया । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । 

अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सात दिने सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख  छ । 

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताउनुभयो । 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : ०९ बजे