सुनको मूल्यमा नयाँ कीर्तिमान

‘जीवन रक्षा : तपाईँको हातमा’ नारासहित आज बाल क्यान्सरविरुद्धको दिवस मनाइँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ।

‘जीवन रक्षा : तपाईँको हातमा’ नारासहित यस पटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको मनाउन लागिएको हो । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो।

हरेक ३ मिनेटमा विश्वभरका बालबालिकाहरूमा क्यान्सरले गर्दा बालबालिकाको मृत्यु हुने गरेको छ । यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दैनौँ ।  हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसङ्ख्याहरूमा क्यान्सर हुने गरेको पाइन्छ।  उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यान्सरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ । 

साथै बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यो दिवस मनाउने गरिएको हो । 

समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालको भनाई छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : २८ बजे