संसदीय अभिलेख व्यवस्थापनमा सभामुखको निर्देशन

काठमाडौं  ।  सभामुख देवराज घिमिरेले संघीय संसदको अभिलेख व्यवस्थापनमा चासो लिनुभएकाे छ ।  

मंगलबार संघीय संसदको पुस्तकालय निरीक्षण गर्दै उहाँले संसदीय अभिलेख र संग्रहालयलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयाे । उहाँले पुस्तकालयलाई सरल र व्यस्थित बनाउँदै अटोमेशनबाट सञ्चालन गर्ने कार्ययोजना बनाउन समेत निर्देशन दिनुभयाे । 

सभामुख घिमिरेले संविधान निर्माणका क्रममा भएका गतिविधि र दस्तावेजलाई डिजिटल प्रविधियुक्त बनाइ अध्ययन अनुसन्धानमा सहजता अपनाइदिन पुस्तकालय शाखालाई निर्देशन दिनुभयाे । उहाँले संसद् संग्रहालयको समेत निरीक्षण गर्नुभयाे । 

सभामुख घिमिरेसँगै संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम, सचिवालय सचिवहरु सुदर्शन खड्का, डा. रोजनाथ पाण्डे लगायत पुस्तकालयको निरीक्षणमा सहभागी हुनुुहुन्थ्याे । 
 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : २६ बजे