आन्तरिक हवाई उडानमा अत्यधिक चाप

ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशन सुरु

काठमाडौं ।  नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)को राष्ट्रिय महाधिवेशन सुरू भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभयो। काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित उद्घाटन समारोहलाई अनेरास्ववियुले प्रविधियुक्त बनाएको थियो।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नारासाथ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि महाधिवेशन सुरु भएको हो । 

अध्यक्ष ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गर्नुभएकाे हाे । महाअधिवेशनको उद्घाटनसत्रलाई अहिले अध्यक्ष ओलीले सम्बोधन गरिरहनुभएकाे छ ।  उहाँले नेतृत्व चयनमा समझदारी कायम गर्न आग्रह गर्नुभएकाे छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  २ : ५३ बजे