राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव क्वात्राबीच शिष्टाचार भेट

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

सोमबार अपरान्ह राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका विदेश सचिव क्वात्राले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो  । 

यसअघि उहाँले परराष्ट्र मन्त्री विमला राई पौडेलसँग भेटवार्ता गर्नुभएको थियो । सो क्रममा नेपालको विकास र कनेक्टिविटीको विषयमा छलफल भएको थियो । 

सोमबार बिहान दुईदिने नेपाल भ्रमणमा आउनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राजनीतिक दलका शीर्ष नेतासँग भेट्ने कार्यक्रम छ । 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ५ : ११ बजे