आन्तरिक हवाई उडानमा अत्यधिक चाप

जनयुद्ध दिवसको बिदा भए पनि परराष्ट्र मन्त्रालय भने आज खुल्ला रहने

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनलाई जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ ।

भारतीय विदेश सचिव विनय मोहन क्वात्राको परराष्ट्र मन्त्रालयमा सचिव स्तरीय छलफल तथा परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालसँग द्विपक्षीय भेटघाट यसअघि नै तय भएको भन्दै परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको हो ।

“आज परराष्ट्र मन्त्रालय खुल्ला रहनेछ, अरू मन्त्रालयको के हुन्छ थाहा छैन”, परराष्ट्र मन्त्री विमला डा.पौड्यालले सञ्चारकर्मीको प्रतिक्रियामा भन्नुभयो। 

भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणका लागि एअर इन्डियाको फ्लाइटबाट बिहान ११ः०० बजे काठमाडौँ आउँदै हुनुहुन्छ।  

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ४४ बजे