राष्ट्रपति निर्वाचन : कम्फर्टेबल सत्ता गठबन्धन ब्युँताउने अन्तिम प्रयास

फेरि कम्फर्टेबल सत्ता समीकरण ब्युँताउने प्रयास र दक्षिणपन्थी अवसरवादीहरूको उत्साहका पछाडिको षडयन्त्र असफल बनाउन सकिएन भने नेपाल अर्को राजनैतिक तथा संवैधानिक सङ्क्रमणमा पर्नेछ । यसका लागि आन्तरिक तथा बाह्य दक्षिणपन्थी शक्तिहरू आ(आफ्नो क्षमता र प्रभावअनुसार एकसाथ प्रयास गर्दै छन्। यसको सङ्केत दक्षिण पश्चिमबाट भइरहेका भ्रमण र भेटघाट अनि सञ्चार माध्यमहरूमा आएका समाचार, टिप्पणी, संवाद र विश्लेषणहरूले गरिरहेको छ । यसका साथै मिडिया र सामाजिक सञ्जालमार्फत सामाजिक मनोविज्ञान भ्रमित बनाउने प्रयास पनि जारी छ ।

नेकपा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेशको सरकारले विश्वासको मत नपाएर ढलेपछि दक्षिणपन्थी अवसरवादीहरू उत्साहित भएर भन्दै छन्, यो त सुरुआत मात्रै हो। उनीहरू भन्दै छन्, राष्ट्रपतिको निर्वाचनपछि हामी सत्तामा फर्किने छौँ तर प्रधानमन्त्रीमा भने प्रचण्ड नै कायम रहनेछन् । सत्ता समीकरण फेरिएर फेरि कम्फर्टेबल सत्ता गठबन्धन बन्ने उत्साहमा उनीहरू सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा सक्रिय भएर देखिएका छन् ।

अहिले सत्ता गठबन्धन भत्काउन कहिले राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध मिडियादेखि सामाजिक सञ्जालमा अभियान छेडिन्छ त कहिले नेकपा एमाले र यसको मूल नेतृत्वविरूद्ध गतिविधि गरिदैछ किनभने नेकपा एमालेलाई बदनाम बनाएर कमजोर नबनाउँदासम्म बाह्य स्वार्थ बलियो रूपमा स्थापित गर्न सकिन्न भन्ने दक्षिणपन्थीहरूले बुझेका छन् ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापा भन्दैथे, नेकपा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान नै खतरामा पर्छ । त्यस्तै नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बोल्दैथे, नेकपा एमालेले अघि सार्ने राष्ट्रपतिको उम्मेदवारमा नेपाली काँग्रेसको पनि सहमति जुटाउन सकियोस् । यी दुई भनाई स्वाभाविक छैनन् । यसमा षडयन्त्रको आभास देखिन्छ । तर पनि यी षडयन्त्रलाई असफल बनाएर देश र जनताको पक्षमा कार्यशील हुने सत्ता समीकरण कायम राख्नुपर्ने जिम्मेवारी सच्चा वामपन्थी तथा देशभक्त शक्तिहरूको काँधमा आएको छ । यतिखेर वामपन्थी तथा देशभक्त शक्तिहरू राष्ट्रिय स्वार्थमा एक ठाउँमा उभिनै पर्ने राजनीतिक परिस्थिति बनेको छ । यो परिस्थितिलाई बुझेर आज भोलिका लागि राजनीति गर्न सकिएन भने बाह्य चलखेल बढेर राष्ट्र र राष्ट्रियता माथिको सङ्कट बढ्नेछ ।

हामीले बुझ्नुपर्छ, ध्वंसात्मक हुन, नकारात्मक र अराजक टिप्पणी गर्न सजिलो छ । तर आज समयले रचनात्मक र आलोचनात्मक चेतसहितको राष्ट्रिय स्वार्थ बलियो बनाउने राजनीति खोजेको छ । तर समयको यो मागलाई पूरा गर्ने शिक्षा तथा सामाजिक व्यवस्था अनि राजनीतिक दर्शन र अभ्यासले अझै प्राथमिकता पाउन सकेको छैन । जसले गर्दा नकारात्मक चेतना र अराजक भ्रमित भीडले बजार पाएको छ । जबकि नकारात्मक चेतनाले सकारात्मक अवस्थाको परिकल्पना गर्दैन भन्ने बोध हामीमा भएन। यसको पछिल्लो उदाहरण राष्ट्रपतिको सवारीलाई लिएर भइरहेको विरोध र चर्चालाई लिन सकिन्छ । समस्या एकातिर छ, समाधान अर्कातिर खोज्ने चिन्तन र प्रयासले सामाजिक मनोविज्ञान सकारात्मक र रचनात्मक बन्न दिएको छैन भन्ने चेत अझै हामीमा आएको छैन भन्ने प्रमाण हो, राष्ट्रपतिको विरोध र विरोधहरूको विरोधको शैली ।

हामीले बुझ्नुपर्छ, ध्वंसात्मक हुन, नकारात्मक र अराजक टिप्पणी गर्न सजिलो छ । तर आज समयले रचनात्मक र आलोचनात्मक चेतसहितको राष्ट्रिय स्वार्थ बलियो बनाउने राजनीति खोजेको छ । तर समयको यो मागलाई पूरा गर्ने शिक्षा तथा सामाजिक व्यवस्था अनि राजनीतिक दर्शन र अभ्यासले अझै प्राथमिकता पाउन सकेको छैन । जसले गर्दा नकारात्मक चेतना र अराजक भ्रमित भीडले बजार पाएको छ । जबकि नकारात्मक चेतनाले सकारात्मक अवस्थाको परिकल्पना गर्दैन भन्ने बोध हामीमा भएन। यसको पछिल्लो उदाहरण राष्ट्रपतिको सवारीलाई लिएर भइरहेको विरोध र चर्चालाई लिन सकिन्छ ।

आज हामीले राजनीतिलाई केन्द्र भागमा राखेर चर्चा गरिरहँदा शिक्षा, स्वास्थ्य, न्याय, सामाजिक र अर्थ व्यवस्थाका बारेमा पनि गम्भीर भएर चिन्तन र चर्चा गर्नुपर्ने भएको छ । राजनीति बिग्रिएर हामी बिग्रिएका हौँ कि हामी बिग्रिएर राजनीति बिग्राएको हो कि शिक्षा बिग्रिएर हामी बिग्रिएका हौँ छुट्याउनु पर्ने भएको छ । लेखकको विचारमा समस्याको जड खराब शिक्षा व्यवस्था नै हो । त्यसैले शिक्षा व्यवस्थालाई केन्द्र भागमा राखेर प्रश्न गर्ने र उत्तर खोज्नु पर्ने भएको छ । यतिखेर सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार, टिप्पणी र विश्लेषणहरू सामाजिक मनोविज्ञान नकारात्मक बनाउने दृष्टिकोणबाट निर्देशित भइरहेको पाइन्छ। जबकि समाजलाई अघि बढाउन सकारात्मक सोच र विश्लेषणको खाँचो छ, हामीले बुझ्नुपर्छ, ‘नकारात्मक भावनाले सकारात्मक सम्भावना देख्दैन्।‘

उन्नत र समृद्ध सामाजिक चेतनाको विकास अनि समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न हामी सबभन्दा पहिला “शिक्षा तथा सामाजिक व्यवस्था कसरी गुणात्मक बनाउने भन्ने प्रश्नमा केन्द्रित हुनै पर्छ । “तर दुर्भाग्य यो प्रश्नमा केन्द्रित हुनुपर्ने राजनीति अस्वाभाविक रूपमा फेरि कम्फर्टेबल सत्ता गठबन्धन ब्युँताएर बाह्य स्वार्थ पूरा गर्ने चालबाजीमा लागेको छ । जसको प्रत्यक्ष नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ भने काँग्रेसलाई माधव, झलनाथ र प्रचण्ड अर्थात् माझण्डहरूले साथ दिइरहेका छन् । ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति’को नारा त्यही प्रयोजनमा लगाईंदैछ ।

शेरबहादुर देउवा तथा माझण्डहरूले बुझ्नुपर्थ्यो, “नेतृत्व भनेको कुनै उपाधि मात्र होइन, यो त कठिन समयमा उसको चरित्र र विश्वसनीयताको परीक्षा पनि हो।“ अहिले राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ वा राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर प्रचण्डले आफ्नै र आफ्नो पार्टीको भविष्य सङ्कटमा पार्दै छन्। यदि सङ्कटबाट जोगिने हो भने प्रचण्डले पुस १० मा भएको सात दलीय सहमतिमा टिक्नुपर्छ। राजनीतिमा इमान, विश्वास र विचार प्रधान हुन्छ नकि  अवसरवाद र उपयोगितावाद भन्ने कुरा अब पनि प्रचण्डले बुझेनन् भने माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूको राजनीतिक भविष्य जोखिममा मात्र पर्ने छैन नेपालको राजनीतिमा स्वछन्दता र अराजकताले पनि प्रश्रय पाउने छ ।

व्यक्ति कुनै पनि पदमा पुग्नुभन्दा अघि ऊ राजनीतिक अनि वैचारिक रूपमा एउटा पक्षसँग आबद्ध हुन स्वतन्त्र हुन्छ तर जिम्मेवारी पाएपछि त्यो पदको मर्यादाभित्र रहनुपर्छ। यो कुरो राष्ट्रपति बन्ने पात्रको हकमा पनि लागु हुन्छ। यतिखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेर दक्षिणको स्वार्थ बुझ्ने र त्यो स्वार्थ पूरा गर्ने पात्र र प्रवृत्तिलाई राष्ट्रपति बनाउने प्रयास स्वरूप नेकपा एमालेको नेतृत्वमा रहेको सत्ता समीकरणलाई भत्काउने र नेपाली काँग्रेसको नेतृत्वमा कम्फर्टेबल सत्ता गठबन्धन बनाउन खोजिँदै छ भन्ने कुराको सङ्केत बाबुराम भट्टराईको भनाइले गरेको छ। उनी भन्छन्, “राष्ट्रपति निर्वाचनले नेपालको राजनीतिमा थप कम्पन ल्याउन सक्छ।“ हुन त बाबुराम आफै भारतको सदाशयता र सद्भावमा नेपाल तेस्रो राष्ट्रपति बन्न चाहन्छन् भन्ने कुरा कतै लुकेको छैन। त्यसो त नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पनि भारतको आशीर्वाद बोकेर राष्ट्रपति बन्नै दौडमा नभएका होइनन्।

राजनीति अस्वाभाविक रूपमा फेरि कम्फर्टेबल सत्ता गठबन्धन ब्युँताएर बाह्य स्वार्थ पूरा गर्ने चालबाजीमा लागेको छ । जसको प्रत्यक्ष नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ भने काँग्रेसलाई माधव, झलनाथ र प्रचण्ड अर्थात् माझण्डहरूले साथ दिइरहेका छन् । ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति’को नारा त्यही प्रयोजनमा लगाईंदैछ ।

२५ फागुन २०७९ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ, २६ माघ २०७९ मा नेकपा एमाले नेतृत्वको सुदूरपश्चिमको सरकारले विश्वासको मत पाएन किनभने लैनचौरको प्रभावमा पूर्व सहमति तोडेर रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी प्रदेशसभामा उपस्थित भएन । यो कुनै आकस्मिकता थिएन । यो त सङ्घमा नेपाली काँग्रेसको नेतृत्वमा कम्फर्टेबल सत्ता गठबन्धन ब्युँताउने योजनाअनुसार चालिएको रणनीतिक चाल थियो । यस चाललाई बल पुग्ने गरी सञ्चार माध्यमहरूले समाचार, टिप्पणी र विश्लेषणहरू सम्प्रेषण गरिरहेका छन् ।

राष्ट्रपति निर्वाचन जति नजिकिँदै छ, उति नेकपा एमालेलाई एक्लाउने प्रयासले गति लिएको छ। सात दलीय सत्ता समीकरण भत्काउन उपेन्द्र यादव (जसपा ),सिके राउत (जनमत) र रञ्जिता श्रेष्ठ चौधरी (उन्मुक्ति)लाई सबै खाले प्रभाव र दबाब दिएर गठबन्धनबाट बाहिर लान खोजिएको छ। उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकमा ती तीनै जना उपस्थित भएनन् अनि सुदूरपश्चिम सरकारले विश्वासको मत लिन खोज्दा पनि उपस्थित भएनन् । माओवादी केन्द्रलाई एमाले नेतृत्वको सत्ता गठबन्धनबाट बाहिर निकाल्न भरमग्दुर प्रयास पनि भइरहेका छन् । अब प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षको इमान र विश्वसनीयतासहित वैचारिक पक्षको अन्तिम परीक्षण हुन बाँकी छ । यो परीक्षणमा उनी कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा राष्ट्रपति निर्वाचनसँगै उजागर हुनेछ ।

यतिखेर सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार, टिप्पणी र विश्लेषणहरू सामाजिक मनोविज्ञान नकारात्मक बनाउने दृष्टिकोणबाट निर्देशित भइरहेको पाइन्छ। जबकि समाजलाई अघि बढाउन सकारात्मक सोच र विश्लेषणको खाँचो छ, हामीले बुझ्नै पर्छ, ‘नकारात्मक भावनाले सकारात्मक सम्भावना देख्दैन्।‘

अहिले सत्ता गठबन्धन भत्काउन कहिले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध मिडियादेखि सामाजिक सञ्जालमा अभियान छेडिन्छ त कहिले नेकपा एमाले र यसको मूल नेतृत्वविरुद्ध गतिविधि गरिँदै छ किनभने नेकपा एमालेलाई बदनाम बनाएर कमजोर नबनाउँदासम्म बाह्य स्वार्थ बलियो रूपमा स्थापित गर्न सकिन्न भन्ने दक्षिणपन्थीहरूले बुझेका छन् । अनि त त्यही रणनीतिअनुसार उनीहरूले गतिविधिहरू पनि गरिरहेका छन्। त्यसैले त कसैले एमालेविरुद्ध केही बोल्यो वा लेख्यो भने त्यसले मिडियामा ठाउँ पाउँछ र सामाजिक सञ्जालमा भाइरल बनाइन्छ। हामीले बुझ्नुपर्छ, नेपालको राजनीति अरू केही समय भ्रमको भीड र दक्षिणपन्थी अवसरवादीहरूको हल्लामा प्रभावित भइरहने देखिन्छ। यसले देशमा नियन्त्रित अस्थिरता बढाउने सम्भावना पनि उत्तिकै छ । गत निर्वाचनमा त्रिशङ्कु संसद् बनेपछि नियन्त्रित अस्थिरता चाहने र सघाउनेहरूको मनोबल बढेको छ । त्यही मनोबलमा कम्फर्टेबल सत्ता गठबन्धन ब्युँताउने अन्तिम प्रयास पनि भइरहेको छ ।  

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ३२ बजे