राजमार्गमा दृष्य एक, पीडा अनेक

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको दोस्रो दिन अवलोकन गर्नेको भिड

चितवन। माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा सुरु भएको कृषिसँग सम्बन्धी बृहत् पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको दोस्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाहरूका अवलोकनकर्ताहरूको उल्लेख्य सहभागिता रह्यो ।

कृषि र त्यससँग सम्बन्धित अवलोकनकर्ताहरूको उपस्थितिले प्रदर्शनीको लक्ष्य अनुरूप कार्य पूरा भएको आयोजक संस्था मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो । 

प्रदर्शनी अवधिभर कृषिसँग सम्बन्धित विभिन्न विज्ञहरूसँग गोष्ठी, सेमिनार र अन्तरक्रिया समेत गरिएको थियो । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको आज एक विशेष कार्यक्रमका बीच समापन गरिने आयोजकले बताएको छ ।

प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास, कृषकलाई कृषि पेसाप्रति प्रोत्साहित गर्ने लक्ष्य समेत लिइएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि., नेपाल पोल्ट्री महासङ्घ, नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग सङ्घ लगायतका विभिन्न सङ्घ संस्थाहरू सहयोगी संस्थामा रहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ११ : २७ बजे