साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

एमाले सांसद थापाले पहिलो महिनाको पारिश्रमिक प्युठानको एक विद्यालयलाई दिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य सूर्य थापाले पहिलो महिनाको पारिश्रमिक प्युठानको एक विद्यालयमा अक्षयकोष स्थापनाका लागि दिनुभएको छ ।

मल्लरानी गाउँपालिका– २ चुँजा, प्युठानमा अवस्थित अमर माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि सो पारिश्रमिक दिएको सांसद थापाले घोषणा गर्नुभएको हो । विद्यालयको स्वर्ण महोत्सव सहभागी सांसद थापाले सो घोषणा गर्नुभएको हो । 

थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक विद्यालयलाई उपलब्ध गराउने बताउनुभयो । विद्यालयले उक्त रकमबाट आवश्यकता अनुसारको अक्षयकोष स्थापना गरेर सदुपयोग गर्न थापाले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ५४ बजे