सुनको मूल्यमा नयाँ कीर्तिमान

अत्यधिक रक्तस्राव भएपछि सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार

कालिकोट । कालिकोटमा एक सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको छ । 

तिलागुफा नगरपालिका–७ की ३४ वर्षीया दन्दा विष्ट रावतलाई अत्यधिक रक्त श्राप भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । 

विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तस्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालिकोट डा.रत्नवीर सुनारले जानकारी दिनुभयो। 

बिष्टलाई तत्काल अप्रेसनपछि बच्चालाई आइसियुमा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको हो ।

 

 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ४१ बजे