साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ । 

संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष ११ फेब्रुअरीमा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ।  

नेपालसहित संसारभर विज्ञानमा महिलाको भूमिका र योगदानको सम्झना गर्दै तथा खुसी साटासाट गरी यो दिवस मनाउँदै आएका छन् ।

अहिलेको युग विज्ञान र प्रविधिको युग हो । अहिले दिनप्रतिदिन विज्ञानको महत्त्व अत्यन्त बढेको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्न यो दिवस मनाइनुको खास उद्देश्य हो ।  

जबसम्म विज्ञानमा महिलाको समान पहुँच र उत्साहजनक सहभागिता हुँदैन, तबसम्म महिला–पुरुषबीचको असमानताको अन्तरलाई घटाउन सकिँदैन भन्नेमा नारीवादीहरू सहमत छन् ।  

 

 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १० : ३६ बजे