आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रपतिकाे सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधनका क्रममा व्यक्त गरिएका विषय आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रतिनिधिसभामा सांसद नवनिर्वाचित भएपछिको पहिलो संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै उहाँले तीनै तहका सरकारी संयन्त्र नागरिकका आकाङ्क्षा पूरा गर्न लाग्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले आगामी आवको नीति तथा कार्यक्रममा यसलाई समेट्दै बजेटमा स्रोत व्यवस्थापन गर्ने भनाइसमेत राष्ट्रपति भण्डारीले राख्नुभयो । 

नेपाल र नेपालीको सद्भावनालाई कायम राख्दै मित्र राष्ट्रले विगतमा जस्तै आगामी दिनमा पनि सहयोग गर्ने आशा लिएको उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीको सम्बोधनसँगै संयुक्त बैठक समापन भएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : ०५ बजे