राजमार्गमा दृष्य एक, पीडा अनेक

शुभम् पावरको आइपिओ बाँडफाँट

काठमाडौँ । शुभम् पावर लिमिटेडको आइपिओ शुक्रवार बाँडफाँट भएको  छ । 

यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आइपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको छ । 

कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपिओ बिक्री खुला गरेको थियो ।

शुभम् पावर लिमिटेडमा कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरूलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ३३ बजे