राजमार्गमा दृष्य एक, पीडा अनेक

यस्तो छ तरकारीको तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको न्यूनतम मूल्य सार्वजनिक गरेको छ।

आज शुक्रवार रातो आलु २८ रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यसैगरी, नेपाली सुन्तला १६० रुपैयाँ, कालो अङ्गुर र अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अङ्गुर १५०, अम्बा १००, आभोकाडो ४००, किवी ३०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन रहेको छ । 

यस्तै, कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३५० रुपैयाँ रहेको छ । 

यता, ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानीय ज्यापु २५ रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ४०, तोरी साग ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ रहेको छ ।

यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर २० रुपैयाँ, खुर्सानी सुकेको ४०० रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

यसैगरी, राजमा घिउ सिमी ९० रुपैयाँ, तिते करेला १५० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, सुकेको प्याज ३८ रुपैयाँ, भिण्डी १२० रुपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनियाँ ५० रुपैयाँ र कागती १४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ९ : ३१ बजे