यस्तो छ आजको विनिमय दर

सन्दीप लामिछानेसमेत नेपाली क्रिकेट टोलीमा

​​​​​​​काठमाडौँ । आगामी फेब्रुअरी १४ देखि २१ सम्म हुने ‘नेपाल–नामिबिया–स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेले पनि सहभागिता जनाउने भएका छन् । 

नाबालिग बालिका बलात्कारको आरोपमा मुद्दा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आइसिसी म्यान क्रिकेट वर्ल्ड कप लिग–२’ मा सहभागिता जनाउन लागेको हुन ।

नेपाल क्रिकेट सङ्घले बुधवार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गर्दा लामिछाने पनि समावेश गरेको हो । जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजवंशी, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दिपेन्द्रसिह ऐरी, भीम सार्की, सन्दीप जोरा, सूर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन् ।

 

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : २४ बजे