राजमार्गमा दृष्य एक, पीडा अनेक

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि

काठमाडौं। प्रि-ओपन सेसनमा बिहिबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ ।

यो सेसनमा नेप्से परिसुचक ०.९९ अंकले बढेर २१७१.१२ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको ३४७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ४ लाख रुपैयाको कारोबार भएको छ । 

यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ११ : २६ बजे