यस्तो छ आजको विनिमय दर

साफ महिला यु–२० को फाइनलमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र घरेलु टोली बङ्गलादेश भिड्दै छन् ।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा उक्त फाइनल भिडन्त हुनेछ । सोमवार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको थियो ।

गत मङ्गलवार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बङ्गलादेशले फाइनलमा स्थान सुरक्षित गरेपछि फाइनलमा नेपाल र बङ्गलादेश भिड्न लागेका हुन ।

यस जितसँग तीन खेलमा सात अङ्क जोडेको बङ्गलादेश शीर्ष स्थानमा रह्यो भने तीनकै खेलमा पराजय बेहोरेको भुटान अङ्क विहीन हुँदै बाहिरिएपछि बङ्गलादेश फाइनलमा पुगेको हो ।

भुटानसँग बङ्गलादेशको यो जितसँगै उता भारत भने बाहिरिनु परेको थियो भने  भारतले तीन खेलमा सात अङ्क जोडे पनि फाइनलमा प्रवेश गर्न भने पाएन ।

भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बङ्गलादेश बिचको खेल रोमाञ्चक हुने देखिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ०४ बजे