आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काँग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको आज सुनवाइ हुँदै

काठमाडौँ । नेपाली काँग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ । 

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद् सचिवालयविरुद्ध सो रिट निवेदन दिएपछि आज सुनवाइ हुन लागेको हो । 

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिनुभएको हो  । 

न्यायाधीश मल्लको आदेशअनुसार अधिवक्ता पोखरेलेको रिट निवेदन दर्ता भएको हो । 

आज २५ माघमा पहिलो पेशी तोकिएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गर्नुभएको थियो। 

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : ३१ बजे