आन्तरिक हवाई उडानमा अत्यधिक चाप

दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुन मन्त्रीलगायतसँग प्रधानमन्त्रीको छलफल सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुन मन्त्री, कानुन सचिव लयागतहरूसँग सामूहिक छलफल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने बताइएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतक कानुन मन्त्री, कानुन सचिव लगायतसँग विधेयक सम्बन्धी छलफल गर्नुभएको हो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ९ : ४० बजे