आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमालेको केन्द्रीय समिति बैठकको पहिलो एजेन्डा: निर्वाचन समीक्षा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक  माघ २९ गतेबाट सुरु हुने भएको छ ।

गत  मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

मुख्य गरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र साङ्गठनिक सुदृढीकरणबारे बैठकका मुख्य एजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो  । 

बैठकको एजेन्डा तय गर्न माघ २६ गते सचिवालय बैठक बोलाएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ । 

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : ४६ बजे