सडक यातायात क्रमशः सहजतातर्फ

नेप्सेमा १.५४ अंकको वृद्धि, कारोबार रकम २ अर्ब नजिक

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज नेप्से १.५४ अंकले बढेर बजार २०९६.०८ बिन्दुमा रोकिएको छ ।

आइतबार ०.०७ प्रतिशतले बजार बढेको हो । २५८ धितोपत्रको ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र ट्रेडिङ उपसूचकको मूल्य घट्यो । त्यसबाहेकका उपसूचकको मूल्य भने बढेको छ । 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : ३१ बजे