आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले आज पत्रकार सम्मेलन गर्दै 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्ने हुनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत आफूले पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिनुभएको हो । 

“पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दै छु”, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन्। मैले सिधा कुरा नगरेको धेरै भएछ।”

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ११ : ३२ बजे