आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

काठमाडौँ । ​​​​​​​नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । 

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियाका कारण उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि श्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना हुनुभएको थियो ।

हिमालय बैङ्कका संस्थापक राणा नेपालको पहिलो अर्थ सचिवसमेत हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक  समितिका संस्थापकका रूपमा क्रियाशील हुनुहुन्थ्यो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : ४३ बजे