‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ज्येष्ठ नागरिकलाई सम्मान

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–९ मा स्थानीय ज्येष्ठ नागरिक र लामो समयसम्म राजनीतिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा समर्पित भएका नागरिकलाई सम्मान गरिइएको छ ।

वडा कार्यालयद्वारा शनिवार काभ्रे भञ्ज्याङमा आयोजित कार्यक्रममा सामाजिक सेवाका अग्रज  तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । 

समाज परिवर्तनमा ज्येष्ठ नागरिकले गरेको योगदानको स्मरण एवं कदर गर्दै उहाँहरूलाई दीर्घ जीवनको कामनासहित सम्मान गरिएको वडाध्यक्ष बद्रीप्रसाद हुमागाईँले बताउनुभयो । 

सम्मानितलाई दोसल्ला र सम्मान पत्र तथा ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केटसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जूले अग्रज पुस्ताको सही मार्गनिर्देशअुसार नयाँ पुस्ता सामाजिक यात्रामा हिँड्नुपर्ने बताउनुभयो ।

नगर उपप्रमुख निराजन जङ्गम, राष्ट्रिय भूमि आयोगका जिल्ला सदस्य वासुदेव हुमागाईँलगायतले अग्रजको सामाजिक कामको अनुसरण गर्दै आफूहरू सामाजिक सेवामा लागेको बताउनुभयो । 

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ५५ बजे