आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार उहाँहरुबीच भेटवार्ता भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री लाई दिएको अल्टिमेटमा आज सकिँदै छ ।  । सोही सन्दर्भ आज बिहानैदेखि उहाँहरुबीच छलफल सुरु भएको बुझिएको छ । 

गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्ने बारेमा रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतीक्षा गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, उहाँहरुबीच गृह मन्त्रालय रास्वापालाई दिने, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, र समसामयिक राजनीतिका घटनाक्रमका बारेको समेत छलफल हुने बुझिएको छ । 

 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : ४७ बजे