आन्तरिक हवाई उडानमा अत्यधिक चाप

दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्ताबेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । 

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहामा सम्पन्न भएको थियो । 

महाधिवेशनका दूरगामी प्रभाव, सो पार्टीका जीवन र राष्ट्रिय राजनीतिमा लामो समयसम्म अनुभूत भइरहने निचोेड महाधिवेशनको मूल व्यवस्थापन समितिले निकालेको छ ।  

विभागका सचिव गगन विष्टले स्मारिका प्रकाशनको बाँकी कामलाई सम्पन्न गर्ने, मुख पत्र ‘नवयुग’ पत्रिकालाई नयाँ तालिकाबमोजिम प्रकाशनको तयारी गर्ने र प्रचार भेला गर्ने तयारी भएको बताउनुभयो । 

उहाँले पत्रिकालाई सैद्धान्तिक पत्रिकाका रूपमा चौमासिक रूपमा प्रकाशन गरिने जनाउनुभयो ।

 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ७ : १८ बजे